दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

क्याम्पसमा खुकुरी प्रहार, चार जना घाइते

काठमाडाैँ । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुका नेतासहित चार जनामाथि खुकुरी प्रहार भएको छ । बुधबार बिहान क्याम्पसमै प्रवेश गरी काभ्रेका केही युवाले भण्डारीसहितका समूह माथि खुकुरी प्रहार गरेकाे हो ।

खुकुरी प्रहारबाट अनेरास्ववियुको क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का र अन्य दुइ विद्यार्थी माथि खुकुरी प्रहार भएको अनेरास्ववियुका नेता साैगातशेन ढकालले दैनिकीलाई जानकारी दिए । खुकुरी प्रहारबाट घाइते रहेका विद्यार्थी नेताको अहिले उपचार भैरहेको छ ।

उनीहरूको अवस्था खतरामुक्त रहेको छ । खुकुरी हान्ने समूहमा एक जना स्थानीय तहको जनप्रतिनिधि समेत रहेको बुझिएको छ । यद्यपी उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ५० बजे