प्रतितोला  १ लाख १ हजार १ सय पुग्यो सुनको मूल्य

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार १ सय तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला रु एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले बढेको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई सय थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । 

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव छ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : २७ बजे