आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

काठमाडौँ ।  रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।

झडपमा परेर दुई जना घाइते भएका छन् । घाइतेको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।

झडपको कारण खुल्न नसकेको छैन । स्ववियु निर्वाचनका बारेमा छलफल गर्दा विवाद हुँदा खुकुरी प्रहार भएको भन्ने बाहिर आए पनि अहिलेसम्म त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : १९ बजे