भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

राष्ट्रसङ्घले तालिबानलाई भन्यो—महिला लक्षित नीति तत्काल खारेज गरियोस्

न्युयोर्क । तालिबानले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न संयुक्त राष्ट्रसङ्घले माग गरेको छ ।

“सामाजिक र आर्थिक रूपमा आधा जनसङ्ख्या बहिष्कृत छ भने कुनै पनि देशले विकास गर्न सक्दैन र वास्तवमा बाँच्न सक्दैन”, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले एक विज्ञप्तिमा भन्नुभयो।

उहाँले अगाडि भन्नुभयो, “महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा मात्र बढाउनेछैन बरु अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर छ ।” उहाँले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने नीतिहरूले अफगान समाजलाई अस्थिर बनाउने खतरा रहेको बताउनुभयो।

शनिवार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो ।एजेन्सी

 

 

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ४८ बजे