सेनाको नयाँ प्रवक्तामा भण्डारी

काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिनुभएको छ ।

झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गर्नुभएका उहाँलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।

एक वर्षअघि प्रवक्तामा नियुक्त हुनुभएका हालका प्रवक्ता नारायण सिल्वालले उहाँलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दै हुनुहुन्छ । सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ०१ बजे