संसद् सचिवालयले डाक्यो दुवै सदनको संयुक्त बैठक

काठमाडौं ।संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिनुभयाे । 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ५ : २९ बजे