राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशन आह्वान

​​​​​​​काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा (९३) को उपधारा (१) बमोजिम २०७९ साल पुस २५ गते सोमबारका दिन दिनको १ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार बैठक आह्वान गरिएको हो ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ४२ बजे