सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सुनचाँदीको मूल्य नेपाली बजारमा सोमबार स्थिर रहेको छ । आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य साेमबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सार्वजनिक गरेको विवरणआनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । साेही मूल्यमा आइतबार सुन किनबेच भएकाे थियाे । 

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबारमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार  मूल्य पनि स्थिर रहेको चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेकोमहासंघले जनाएकाे छ । 

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १ : १४ बजे