मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

प्रचण्डलाई फोन गरेर देउवाको बधाई

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर प्रचण्डलाई बधाई दिनुभएकाे छ । 

कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएकाे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयाे । 

माओवादी केन्द्रको बैठक बसिरहेका बेला अध्यक्षसमेत रहनुभएका प्रचण्डलाई देउवाले फोन गरेर बधाई तथा शुभकामन दिनुभएकाे हाे ।  

कांग्रेससहितको गठबन्धन तोडेर प्रचण्ड आइतबार एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । उहाँले सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : १५ बजे