मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै 

काठमाडौँ । एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ  ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

सङ्घीय संसद् भवन बानेश्वरमा आज बिहान ११ः०० बजे बैठकमा नयाँ सत्ता समीकरणसँगै विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । 

आजको बैठकमा अब उपराष्ट्रपति, उपसभामुखलगायतका संवैधानिक पद साथै प्रदेशमा प्याकेजमा सहमतिमा टुङ्गो लगाउने तथा सरकारमा कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल हुन बताइएको छ ।  

आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी/एमालेले प्रधानमन्त्री लिने सहमति भइसकेको छ ।

अहिलेको नयाँ सत्ता समीकरणमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टीसहित साट दल र दुई स्वतन्त्र सांसद सहभागी छन् ।

 

 

 

 

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ०४ बजे