मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, सरकारमा पठाउने मन्त्रीहरूको विषयमा छलफल 

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरूबारे छलफल भइरहेको बताइएको छ। 

त्यस्तै, बैठकमा नयाँ सत्ता समीकरणसँगै विकसित राजनीतिक घटनाक्रम लगायतका  विषयमा पनि छलफल भइरहेको बुझिएको छ । 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो ४ः०० बजे केही मन्त्रीहरूसहित पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ  । 

माओवादी केन्द्रको बैठक लगत्तै संसद् भवन नयाँबानेश्वरमा आज ११ः०० बजे प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गरेका दलहरूको बैठक पनि बस्ने भएको छ ।

 

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ४३ बजे