नेपाल टी–२० लिग: दुई खेल हुँदै, फार वेस्ट फिल्डिङमा

काठमाडौँ । नेपाल टी–२० लिगअन्तर्गत आज दुई खेलहरू आयोजना हुँदै छ । 

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौँ नाइट्सबीच प्रतिस्पर्धा हुँदै छ ।  

आफ्नो दोस्रो खेलमा काठमाडौँ नाइट्सविरुद्ध फार वेस्टले टस जितेर फिल्डिङ रोजेको छ । फार वेस्ट प्रतियोगितामा पहिलो जितको खोजीमा छ । शनिवार आफ्नो पहिलो खेलमा फार वेस्टले लुम्बिनी अल स्टार्सलाई ६७ रनको नतिजा सुम्पिएको थियो ।

काठमाडौँ भने प्रतियोगितामा लगातार दोस्रो खेलसम्म जितको लय कायम राख्न चाहन्छ । काठमाडौँले पहिलो खेलमा पोखरा एभेन्जरलाई २६ रनले हराएको थियो ।

कीर्तिपुरमा आजै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । 

 

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : २४ बजे