भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

चीनबाट स्वदेश फर्किएका भारतीयमा कोभिड देखियो

नयाँ दिल्ली । दुई दिनअघि चीनबाट फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको जीनोम सिक्वेन्सिङका लागि नमुना लखनउ पठाइने प्रमुख मेडिकल अधिकृत अरुण श्रीवास्तवले जानकारी दिएका छन् । 

व्यक्तिलाई  उनको घरमा अलग्गै राखिएको छ र स्वास्थ्य विभागको टोलीलाई उनको परिवारका सदस्यहरू र उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्न भनिएको प्राप्त विवरणहरूमा जनाइएको छ । २३ डिसेम्बरमा चीनबाट दिल्ली हुँदै आग्रा आएका उनको परीक्षणमा कोभिड पोजेटिभ देखिएको थियो । 

चीनमा अहिले फेरि कोभिड महामारी फैलिएको छ । व्यापक विरोधपछि सरकारले यसै महिनाको सुरुमा कोभिडसम्बन्धी नियम हटाएको थियो । 

त्यसपछि दैनिक लाखौँमा सङ्क्रमण फैलिएको अनुमान गरिएको छ । छिमकी चीनमा कोभिड फैलिएपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन भनिएको छ ।एजेन्सी

 

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : १२ बजे