मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ आज 

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार आज नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । 

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आजका लागि तय भएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । 

आज नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिन सक्ने बताइएको छ । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : २७ बजे