विराटनगरलाई लुम्बिनीको १५८ रनको लक्ष्य (फोटो फिचर)

काठमाडौं । नेपाल टी–२० लिगअन्तर्गत जारी खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई १५८ रनको चुनौती दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन जोडेको हो । 

लुम्बिनीका ओपनर मिलान्थाले अविजित ८० रनको उत्कृष्ट इनिङ खेल्दा कुशल भुर्तेलले २६ रन, कप्तान दीपेन्द्रसिंह ऐरी १६ रन जोडेर पभेलियन फर्किएका थिए भने बिपुल शर्मा ११ रन जोडे । 

विराटनगरका कप्तान आन्द्रे माकर्थी, सिकन्दर राजा, शाहब अलाम र हुसन टलतले समान एक विकेट लिए ।

तस्वीरहरु :

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ४६ बजे