मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

काँग्रेसले सांसदहरूलाई बालुवाटार बोलायो

काठमाडौँ । राष्ट्रपतिले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको समय सकिनै लाग्दा नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । 

सत्तारुढ गठबन्धनको सरकार निर्माण हुने भनिए पनि काँग्रेसका सभापति शेरबहादुर देउवा कि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को पहिलो प्रधानमन्त्री ? भन्ने विषय टुङ्गिन नसकिरहेको बेला काँग्रेसले आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएको हो । 

आज अपराह्न १२ः३० मा बस्ने काँग्रेस सांसदहरूको बैठकले प्रधानमन्त्री को पहिलो? भन्नेमा राय दिने बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पद दाबी गर्न दिएको एक साताको समय आज बेलुका ५ः०० बजे सकिँदै छ । 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ३८ बजे