मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

प्रधानमन्त्रीको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्रीको टुङ्गो लगाउनका सत्ता गठबन्धनको बैठक सुरु भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। 

गठबन्धनको बैठकअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। गठबन्धन बैठकअघि देउवा र प्रचण्डले शीर्ष तहका नेताहरूसँग समेत छलफल गर्नुभएको थियो ।

पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि शनिवार साँझ बसेको सत्ता गठबन्धन बैठक पनि बिना निष्कर्ष सकिएको थियो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकालमा आफ्नो दाबी कुनै पनि हालतमा नछोड्ने पक्षमा हुनुहुन्छ । काँग्रेस तयार नभए एमालेसँग छलफल गर्ने उहाँको तयारी छ। 

राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय आज ५ः०० बजे समाप्त हुँदै छ। त्यसअघि पहिलो प्रधानमन्त्री को भन्ने विषयको विवाद छिनोफानो गर्दै दाबी पेस गर्ने सत्ता गठबन्धनको तयारी छ।

 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : २५ बजे