लागूऔषध सेवन गरी सवारी चलाउने चालक कारबाहीमा

काठमाडौं – लागूऔषध सेवन गरी सवारी साधन चलाउने सात जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा सात जनालाई कारबाही गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।

कार्यालयले लागूऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोली उनीहरूलाई कारबाही गरेको हो । 

पाँच जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक गरी सात जना चालक कारबाही गरिएको हो ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको प्रवक्ता एसएसपी भट्टले बताए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ३५ बजे