प्योङयाङ । उत्तर कोरियाले दुई वटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले भनेको छ ।
उत्तरले एक वर्षदेखि शृङ्खलाबद्ध ढङ्गले हतियार परीक्षण गरिरहेको छ । गत महिना सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रक्षेपणसहित प्योङयाङले गत हप्ता नयाँ रकेट इन्जिनको परीक्षण गरेको थियो । अन्तरिक्षबाट तस्बिर लिन यस हप्ता नयाँ क्षमताहरू विकास गरेको छ उत्तरले दाबी गरेको छ ।
“हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्रबाट उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका दुई छोटो दुरीका ब्यालेस्टिक मिसाइलहरू देखेको छ”, दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भन्नुभएको छ ।
प्योङयाङले आफ्नो सातौँ आणविक परीक्षण गर्ने तयारी गरिरहेको भन्दै अमेरिका र दक्षिण कोरियाले महिनौँदेखि चेतावनी दिँदै आएका छन् । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफका अनुसार दुवै देशले मङ्गलवार संयुक्त हवाई अभ्यास गरेका थिए र कोरियाली प्रायद्वीपमा अमेरिकी बी ५२ एच रणनीतिक बमवर्षक तैनाथ गरेका थिए ।
लामो दूरीको भारी बमवर्षक एक अभ्यासको एक अंश थियो जसमा एफ २२ र एफ ३५ लडाकु विमानसहित सहित अमेरिका र दक्षिण कोरियाको सबैभन्दा उन्नत जेटहरू समावेश थिए ।
पछिल्लो प्रक्षेपण ह्वाइट हाउसले प्योङयाङले रुसी निजी सैन्य समूह वाग्नरलाई हतियार पुर्याएको बताएको केही घण्टापछि आएको हो । एजेन्सी
प्रकाशित मिति : ९ पुस २०७९, शनिबार ८ : २९ बजे
प्रतिक्रिया