मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

लुम्बिनी प्रदेश : अब देउखुरीबाट प्रदेशसभा सचिवालयको सबै कामकाज हुने

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीबाट प्रदेशसभा सचिवालयको सबै कामकाज हुने भएको छ । 

अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभा सचिवालयको सबै कामकाज यही पुस ११ गतेदेखि दाङबाटै कामकाज हुने लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो । 

प्रदेशसभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको जनाइएको छ  । “अबको प्रदेशसभा बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ यहीँ राख्ने योजना छ”, सूचनामा भनिएको छ । 

प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् । दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ । रु पाँच करोड २० लाख लागतमा प्रदेशसभा भवन तयार भइसकेको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : २४ बजे