मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नेपाली राजनीति फेरि पनि च्याँखे दाउमै रमाउने देखिँदै छ : गोकुल बाँस्कोटा

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएसँगै राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् । 

सत्तारुढ गठबन्धन आबद्ध दलहरू औपचारिक तथा अनौपचारिक रूपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् । 

गत आइतबार राष्ट्रपति भण्डारीले १० पुस साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । 

जसपा र नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् भने बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गरिएको थियो । 

सरकार गठनका लागि दलहरू घनिभूत छलफलमा छन् । विशेष गरी बहुमत जुटाउनुपर्ने भएकाले सत्तारुढ गठबन्धनबाट सरकार बन्ने देखिन्छ । गठबन्धनले बनाउन नसके आफू पहल गर्नेमा एमालेको तयारी छ । 

तर, सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति जुटी नसक्दा नेकपा एमाले नेता गोकुल बाँस्कोटाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने सार्वजनिक रूपमा भन्नुभएको छ । 

नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ ,“नेपाली राजनीति फेरि पनि च्याखें दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना ।”

उहाँले नेपाली राजनीति फेरि पनि च्याखें दाउमै रमाउने देखिँदै गएको बताउनुभएको छ ।  उहाँले विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो भन्नुहुँदै अस्थिरता नेपालको अभिशप्त नियति भएको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नुभएको छ । 

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ११ : ५५ बजे