पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान (फोटोफिचर)

पोखरा । भर्खरै निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको छ । 

नेपालका निजी क्षेत्रका दुई विमान कम्पनीले नयाँ विमानस्थलमा जहाज ओरालेका हुन् । जनवरी १ तारिखका दिनदेखि औपचारिक उद्घाटन गर्न लागिएको विमानस्थलमा बुद्ध र यतीले बिहीबार डेमो फ्लाइट गरेका हुन् । 

दुवै कम्पनीले हाल चालू अवस्थामा रहेको पुरानो विमानस्थलबाट एटिआर–७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन् । दिउँसो २ बजेतिर यतीले उडान भरेको १ घण्टापछि बुद्धले उडान भरेको हो । दुवै विमान ७२ सिट क्षमताका हुन् ।

विमानमा पोखराका मेयरदेखि हवाई क्षेत्रका पदाधिकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरू यात्रु थिए । 

विमानका कर्मचारीलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान गरिएको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ४६ बजे