प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने 

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभा आजदेखि सुर्खेतमा सुरु हुँदै छ । 

महासङ्घको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज र भोलि दुई दिन हुन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने साधारण सभामा झन्डै ७ सयभन्दा बढी पत्रकारको सहभागिता रहने जनाइएको छ । साधारण सभा उद्घाटन कार्यक्रमका लागि राष्ट्रपति भण्डारी आज सुर्खेत जाँदै हुनुहुन्छ । 

यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शङ्कर पोखरेल, नेकपा माओवादी केन्द्रबाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखले अतिथिको रूपमा सहभागिता जनाउनुहुने महासङ्घ जनाएको छ ।  

महासङ्घको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आतिथ्यमा साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको हो ।

आज र भोलि दुई दिनको साधारण सभाबाटै महासङ्घको आगामी भावी कार्य योजना निर्माण समेत गरिनेछ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ५५ बजे