प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु

काठमाडौँ । नेपालको पूर्वी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिवार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि आकलन गरिएको छ । 

हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ पुस ८ गते  (शुक्रवार)
दिउँसोː
देशका पहाडी भू–भागमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

२०७९ पुस ९ गते  (शनिवार)
​​​​​​​दिउँसोː
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातीː देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७९ पुस १० गते  (आइतबार)
दिउँसोː
सुदूरपश्चिम, कर्णाली ,लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

रातीː देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : १० बजे