दलित गाउँका पहिलो शिक्षक

आदेश स्पष्ट नभएको भन्दै  चाल्र्स शोभराजलाई छाड्न अस्वीकार 

काठमाडौं । केन्द्रीय कारागारले बिकिनी किलरका रुपमा चिनिएका चाल्र्स सोभराजलाई छाड्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको वुधबारको आदेश स्पष्ट नभएको भन्दै तत्काल नछाडन खोजेको हो ।  

सिरियल किलर’ चार्ल्स शाेभराज  रिहाइ गर्ने नगर्ने भनेर  केन्द्रीय कारागार भक्तपुर अदालतकाे पत्र कुरेर बसेकाे छ।

यसअघि सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रेन्च नागरिक सोभराजलाई तत्काल थुनामुक्त गरि १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।

कारागार प्रशासनले यसअघि शोभराजको हकमा यसअघि आएका आदेशहरु पनि मानेको थिएन ।

उच्च सुरक्षा खतरा भएको कैदी भएको भन्दै उनलाई केन्द्रीय कारागारको गोलघरमा राखिँदै आएको थियो । सन् १९७५ मा एक अमेरिकी र एक क्यानेडियन नागरिकको हत्या गरेको आरोपमा उनी सन् २००३ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसअघि उनले भारतको कारागारमा झन्डै २१ वर्ष विताएका थिए ।

शोभराजले हिप्पीहरुसँग नजिक भएर पछि उनिहरुकै हत्या गर्ने गरेको विभिन्न अनुसन्धानहरुबाट देखिएको छ । उनले हत्यापछि मृतकको पासपोर्ट प्रयोग गरेर विभिन्न देशको भ्रमण गर्ने गरेका थिए । 
सर्वोंच्च अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधालाई टेकेर बुधबारको आदेश गरेको थियो उनलाई छाड्ने अदालतको आदेशबारे विश्वका प्रतिष्ठित सन्चार माध्यमहरुले पनि कभरेज गरेका छन्।
 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  २ : ५८ बजे