काठमाडौँ । नेपालको पूर्वी भू-भागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ ।
तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रवार प्रदेश १, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ पुस ७ गते (बिहीबार)
दिउँसोː प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीː प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ पुस ८ गते (शुक्रवार)
दिउँसोː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीː प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७९ पुस ९ गते (शनिवार)
दिउँसोː देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश न १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार ८ : २७ बजे
प्रतिक्रिया