प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुने भएको छ  ।

नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ः०० बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने छ । सांसद राणालाई बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको थियो ।

शपथ गराए लगत्तै सांसदलाई संसद्को लोगो समेत प्रदान गरिने कार्यक्रम रहेको पनि संसद् सचिवालयले जनाएको छ । 

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : १२ बजे