मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

१६ भारतीय औषधि कम्पनीले पालना गरेनन् कुशल उत्पादन अभ्यास

काठमाडौँ ।  औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनको जीएमपी (गुड मेनिफ्याक्चरिङ प्राक्टिस) अर्थात कुशल उत्पादन अभ्यास पालना नगरेका १६ वटा भारतीय औषधि उत्पादक कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।

हेर्नुहोस् विभागले सार्वजनिक गरेको  जीएमपी पालना नगर्ने विदेशी कम्पनीहरुको सूँची

१. रेडिएन्ट प्यारेन्टरल्स लिमिटेड, गुजरात भारत

२. मर्करी ल्याबोरेटिज लिमिटेड, गुजरात(भारत

३. एलायन्स बायोटेक, भारत

४. क्यापट्याब फार्मेसी , उत्तराखन्ड (भारत

५. एग्लोमेड लिमिटेड ,उत्तराखन्ड(भारत

६. जी ल्याबोरेटरी लिमिटेड, हिमान्चल प्रदेश(भारत

७. ड्याफोडिल्स फर्मास्युटिकल लिमिटेड, भारत

८. जीएलएस फर्मा लिमिटेड, तेलेन्गाना(भारत

९. युनिजुलिस लाइफ साइन्स लिमिटेड, नागपुर (भारत

१०. कन्सेप्ट फर्मास्युटिकल्स प्रालि ,महाराष्ट्र (भारत

११. श्री आनन्द लाइफ साइन्स लिमिटेड, कर्नाटाका (भारत

१२. आइपीसीए ल्याबोरेटरीज लिमिटेड , पूर्व सिक्किम(भारत

१३. क्याडिला हेल्थकेयर लिमिटेड, गुजरात(भारत

१४. डायल फर्मास्युटिकल्स् , गुजरात (भारत

१५. माककुर ल्याबरोटरीज लिमिटेड, गुजरात (भारत

१६. दिव्या फार्मेसी, उत्तराखण्ड( भारत

विभागले विदेशी उद्योगहरुको जीएमपी पालना सम्बन्धी निरीक्षण गर्दा १६ वटा भारतीय कम्पनीले पालना नगरेको पाइएको बताएको हो । यो नियम पालना नगर्नेमा आयुर्वेदिक औषधि उत्पादन गर्ने योगगुरु बाबा रामदेवको कम्पनी ‘दिव्य फार्मेसी’ पनि परेको छ ।

विभागले गरेको अनुगमनमा १६ वटा भारतीय कम्पनीहरुले जीएमपी निर्देशिका पालना नगरेको भेटिएपनि हाललाई ती कम्पनीका उत्पादनहरुको विक्री वितरणमा भने कुनै बन्देज लाग्ने छैन ।  विश्व स्वास्थ्य संगठनको नीति अनुसार भने कुनैपनि औषधि उत्पादक कम्पनीले जीएमपीको पूर्ण पालना गरेको हुँदैन भने उसको उत्पादन प्रयोगको लागि पूर्ण रुपमा सुरक्षित रहेको मान्न सकिँदैन ।

संगठनकाअनुसार जीएमपी भन्नाले कुनैपनि औषधि उत्पादनमा संलग्न जोखिमहरूलाई कम गर्न बनाइएको निर्देशिका हो जुन अन्तिम उत्पादनको परीक्षणको माध्यमबाट मात्रै हटाउन सकिँदैन।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ५ : ११ बजे