नयाँ चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउँदै

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउने हुनुभएको छ। परराष्ट्र स्रोतका अनुसार चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि कूटनीतिज्ञ छन् पुस ११ गते आउन लाग्नुभएको हो । 

छन् अहिले चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ  । छन्ले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहनुभएको छ । चीनले नेपाललाई प्राथमिकता राख्दै आएको छ ।

नेपालका लाति निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिना अघि फर्किएपछि राजदूतका रुपमा छन् आउन लाग्नुभएको हो । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ४ : ५० बजे