नव निर्वाचित सांसदहरुलाई शपथ गराउन नयाँ बानेश्वरमा तयारी सुरु

काठमाडौं – संघीय सचिवालयले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण समारोहका लागि तयारी सुरु गरेको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा भौतिक व्यवस्थापनको काम भइरहेको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

नवनिर्वाचित २७५ सांसदलाई शपथ गराउनका लागि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति भवनमा शपथका लागि पठाइएको छ ।  बिहिबार दिउँसो १ बजे हुने सपथका बेला स्वदेशी तथा विदेशी पाहुनाहरुलाई पनि आमन्त्रण गरिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।  

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ३५ बजे