मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

संसदीय दलमा विवेकसम्मत निर्णय गर्न महामन्त्री थापाको अपिल

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले दलको निर्वाचनले देश, जनता र काँग्रेसको भविष्य दिशानिर्देश गर्ने बताउनुभएको छ । 

दलको नेताका लागि मतदान हुनु केही अघि सामाजिक सञ्जालमा अपिल जारी गर्दै थापाले आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमानदारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि काँग्रेसका नेताहरू तथा सांसदलाई विवेकसम्मत निर्णय गर्न उहाँले अपिल गर्नुभएको हो ।

महामन्त्री थापाले वर्तमान राजनीतिक अन्यौलता र आर्थिक सङ्कटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा रहेको बताउनुभएको छ ।  

“लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नुभएका अग्रज नेताहरूको उच्च सम्मान गर्दै यहाँहरूबाट मार्गनिर्देशनको अपेक्षा गर्दछु । पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखी युगानुकूल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु”, थापाले भन्नुभएको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : २४ बजे