‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रपतिको हातबाट वितरण हुने ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा

काठमाडौँ । राष्ट्रपतिको हातबाट वितरण हुने ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । 

नातिकाजी स्मृति समाजले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै वर्ष २०७८ को पुरस्कार तथा सम्मान घोषणा गरेको हो ।

नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रदान गरिने पुरस्कार तथा सम्मान मध्ये यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकडिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, सङ्गीत संयोजक फणिन्द्र राई, गायक बिके राना, कन्हैया सिंह परियार, गीतकार शुभ मुकारुङ्ग, अमर बान्तुलाई प्रदान गरिने भएको छ ।

त्यस्तै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०७८’ रचनाकार एकनारायण भण्डारी, सङ्गीतकार कालीप्रसाद बासकोटा, गायक राज सिग्देल, गायिका माण्डवी त्रिपाठी, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७८’ गीतकार देवेन गिरी, सङ्गीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले, गायिका अस्मिता अधिकारी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७८’ सङ्गीतकार चन्दन कुमार श्रेष्ठलाई दिइने भएको छ ।

यस्तै ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा बाह्य पुरस्कार सङ्गीत संयोजक रबिन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार २०७८’ लोक गायिका देवी घर्तीलाई प्रदान गरिने कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७८ पत्रकार डम्बर बहादुर बुढाथोकी र कुबेर राज गिरिलाई प्रदान गरिनेछ । 

यो वर्षको ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ भने गायक आशिष सचिन गौतमलाई प्रदान गरिनेछ ।  सम्मान तथा पुरस्कारको राशि जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । 

शम्भूजीत बास्कोटाको अध्यक्षतामा समाजको हालै सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : १९ बजे