तेह्रथुम । तेह्रथुममा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना लाई प्रकाउ गरेको छ ।
शनिबार दिउँसो बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पाचँथर फिदिम नगरपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीय नरेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो ।
ती बालीकालाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : ३ पुस २०७९, आइतबार २ : २५ बजे
प्रतिक्रिया