विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ को उपाधिका लागि आज साबिक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। 

आज राति नेपाली समयअनुसार ८ः४५ बजे कतारको दोहास्थित लुसेल स्टेडियममा फ्रान्स र अर्जेन्टिना आमनेसामने हुँदा दुवै तेस्रो उपाधिको खोजीमा हुनेछन्।

अर्जेन्टिनालाई क्रोएसियालाई ३–० ले हराउँदै ८ वर्षपछि फाइनलमा पुगेको हो । 

यस खेलको विजेताले कतारमा जारी २२औँ संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । दुई मुख्य टिमबीचको प्रतिस्पर्धा हेर्न विश्वभरका फुटबल समर्थकहरू पर्खिरहेका छन् ।

त्यस्तै, शनिवार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान पक्का गरेको छ। 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ०६ बजे