आज उच्च हिमाली भागमा हिमापतको सम्भावना

काठमाडौं – देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश–१ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश–१ र वाग्मती प्रदेशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज बिहान तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ५८ बजे