मन्थली विमानस्थलमा पानी पस्यो

मलेसियामा एक दिनमा कोभिड १९ बाट बाह्र सय भन्दा बढी सङ्क्रमित

क्वालालम्पुर । मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

ती मध्ये तीनवटा आयातित केसहरू रहेका र एक हजार दुई सय ३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा जारी गरिएको तथ्याङ्कले जनाएको छ ।यस समयमा कोरोना सङ्क्रमणको कारण थप छ जनाको मृत्यु भएपछि कोरोनाबाट भएका कुल मृतकको सङ्ख्या ३६ हजार सात सय ८४ पुगेको छ ।

 यस अवधीमा एक हजार पाँच सय ६७ जना कोरोना मुक्त भएपछि कोभिड–१९ मुक्त भएकाहरुको कुल सङ्ख्या ४९ लाख ५९ हजार सात सय २५ पुगेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ४ : २२ बजे