प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गरिने

काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशसभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।

आयोगले परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  २ : २४ बजे