दलित गाउँका पहिलो शिक्षक

सात महिनासम्म किशोरीलाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

धनगढी । ​​​​​​​मानसिक रूपमा स्वस्थ नरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुरमा तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूले सात महिनासम्म किशोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मानसिक रूपमा कमजाेर रहेकी १७ वर्षीया किशोरीलाई युवकहरूले बलात्कार गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।  उनीहरूमाथि जिल्ला अदालत कञ्चनपुरमा आइतबार जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

कञ्चनपुरको बेलौरी नगरपालिका-२ स्थित भैंसोरीस्थित ९ कक्षामा अध्ययनरत किशोरीमाथि जेठदेखि पटकपटक बलात्कार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक भण्डारीले बताएका छन् । किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार चेकजाँच गर्दा उनी गर्भवती रहेको पुष्टि भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो ।

प्रहरीका अनुसार किशोरीको गर्भमा १८ हप्ताको बच्चा रहेको पुष्टि भएको छ ।  किशोरीमाथि बलात्कार भएको थाहा भएपछि किशोरीका हजुरबुबाले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।  किशोरीको गर्भमा रहेको बालक कसकाे हो भन्ने अझै नखुलेको  प्रहरीकाे भनाइ छ ।

भण्डारीका अनुसार किशोरी मानसिक रूपमा कमजोर रहेको र त्यही अवस्थाको फाइदा उठाउँदै उनीमाथि बलात्कार भएको हुन सक्ने देखिएको छ । 
पक्राउ परेकामध्ये ३७ वर्षीय साधुराम किशोरीकै घरमा ट्र्याक्टर चलाउने काम गर्थे । उनले जेठदेखि नै ललाईफकाई पटकपटक बलात्कार गरेको खुल्न आएको प्रहरी निरीक्षक भण्डारीले बताए । दुईजनाको सम्बन्ध थाहा पाएका दीपक र हरिशंकरले ब्ल्याकमेल गरी मानसिक साउन-भदौदेखि पटकपटक बलात्कार गरेको खुलेको उनले बताए । 

गर्भवती भएको जानकारीपछि सोधपुछ गर्दा किशोरीले आफूले व्यहोरेको पीडा खोलेको उनका हजुरबुबाले बताएका छन् । पहिला विरामी छु भन्ने गरेको भए पनि पेट बढ्दै गएका कारण शंका लागेर स्वास्थ्य संस्थामा परीक्षण गराएको किशोरीका उनकाे भनाइ छ। ती किशोरीको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १ : ५० बजे