सुन तोलामा ७०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ७०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ५०० रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो । 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १२ : ३५ बजे