समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

काठमाडौं -सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा ९एमाले० बाट कमला दर्नाल ९तेह्रथुम०, नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ सुनसरी, नेकपा माओवादी केन्द्रबाट सपना दर्जी ,सुनसरी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विशवकर्मा ,झापा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी, सर्लाही र निलमकुमारी रजक, सप्तरी, एमालेबाट पलटीदेवी महरा, धनुषा, जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग ९सप्तरी०, जनता समाजवादी पार्टी नेपालबाट ललिता दास ,सिरहा, माओवादी केन्द्रबाट शारदा दास पहाडी ,धनुषा र नेकपा एकीकृत समाजवादीबाट किशोरी देवी ,रौतहट गरी सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा एमालेबाट बालकुमारी विश्वकर्मा ,काठमाडौँ र कांग्रेसबाट सुना परियार ,काठमाडौँ तथा गण्डकी प्रदेशमा एमालेबाट गोविन्दबहादुर नेपाली बागलुङ र नन्दकला दमै नेपाली ,कास्की, कांग्रेसबाट दिलमायाँ पौवी ,बाग्लुङ र टीकाकुमारी बस्याल ,लमजुङ तथा माओवादी केन्द्रबाट दमयन्ती रुचाल बर्दघाट सुस्ता पूर्व गरी पाँच जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा एमालेबाट इन्द्रकुमारी गहतराज ,पाल्पा र रेखाकुमारी शर्मा, दाङ, कांग्रेसबाट लोकीकुमारी विक ,दाङ तथा माओवादी केन्द्रबाट यमबहादुर नेपाली सार्की ,गुल्मी प्रदेशसभा सदस्यमा निर्वाचन भएका छन् । कर्णाली प्रदेशमा एमालेबाट गमता विक ,दैलेख, कांग्रेसबाट लक्ष्मी सुनार ,सल्यान र माओवादी केन्द्रबाट उर्मिला विश्वकर्मा ,रोल्पा गरी तीन जना दलित समुदायबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा एमालेबाट हीरा सार्की ,कञ्चनपुर, कांग्रेसबाट ललिता सुनार ,कैलाली र माओवादी केन्द्रबाट लक्ष्मी विक ,दार्चुलागरी तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशतर्फ प्रत्यक्षमा गण्डकी प्रदेशमा सीता सुनदास र कर्णालीमा रनसिंह परियार मात्रै विजयी भएका थिए । योसँगै प्रदेशसभामा दलित समुदायको प्रतिनिधित्व ३० पुगेको छ ।

त्यसैगरी प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकतर्फ १५ जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधसभामामा समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ सांसद निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ३६ बजे