दैनिक चिसो बढ्दै, आवश्यक सावधानी अपनाउन आग्रह

काठमाडौं – पछिल्लो केही समय यता उल्लेखनीय मौसमी प्रणाली नहुँदा वर्षा र हिमपात हुन सकेको छैन । आज पनि देशका कुनै पनि भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेको छैन ।

यद्यपि, चिसो भने बढ्दै गइरहेको छ । तराईका केही भू–भागमा बिहान हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जानेक्रम रहेको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ ।

हिजो यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो । सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको छ ।

यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ३३ बजे