विवादित अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

काठमाडौँ – सरकारले विभिन्न मुद्दामा कसुर ठहर भइ सजाय भोगिरहेका कैदी बन्दीलाई छुट दिने गरी ल्याएको फौजदारी संहिता संशोधन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।

मन्त्रिपरिषद्‍को आइतबारको बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष पठाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभयो भने यसले कानूनी रुप धारण गर्नेछ र राजनीतिक घटनाहरूमा जोडिएका फौजदारी अभियोग प्रमाणित भएकाहरूले सजाय छुट पाउने छन् । तर राष्ट्रपतिले यो अध्यादेश जारी गर्नु हुन्छ कि हुँदैन भन्ने विषय अस्पष्ट छ ।

राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले अध्यादेश राष्ट्रपति कार्यालयमा आइपुगेको र त्यसलाई राष्ट्रपतिले अध्ययन गर्ने बताउनु भयो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : ४५ बजे