मन्थली विमानस्थलमा पानी पस्यो

यी हुन विश्व इतिहासमा आज भएका घटनाक्रम

आज १२ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम:-

इटालीको बैंकमा शक्तिशाली विस्फोट

सन् १९६९ मा इटालिको एउटा राष्ट्रिय बैंकमा बम विस्फोट भएको थियो । विस्फोटमा १७ जनाको मृत्यु र ८८ जना घाइते भएका थिए ।

बेलायतबाट केन्या स्वतन्त्र

सन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो । केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो ।

अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्य

सन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको थियो । देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य हो ।

चेक सरकार र सोभियत संघबीच हस्ताक्षर

सन् १९४३– चेक सरकारले सोभियत संघसँग युद्धपछिको सहयोगको लागि एक सन्धिमा हस्ताक्षर गरेको थियो ।

अमेरिकामा समलिंगी मेयर

सन् २००९ मा अमेरिकाको टेक्सासको हुस्टनको मेयरमा समलिंगी निर्वाचित भएका थिए । एनिस पार्कर अमेरिकाकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुस्टनको समलिंगी बनेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ५२ बजे