वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौँ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले धमाधम राजीनामा दिन थालेका छन् । शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन हुन थालेपछि राजीनामा दिनेको संख्या बढेको छ।

राष्ट्र बैंकको अध्ययनले निर्धन उत्थान लघुवित्तका अधिकांश कर्मचारीले आन्तरिक बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको देखाएको छ । राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाएपछि त्यहाँ कार्यरत कर्मचारीहरुले धमाधम राजीनामा दिएका हुन् ।

सहायक महाप्रबन्धक राजनारायण दासदेखि सहायक स्तरका ३७ कर्मचारीले आइतबारसम्ममा राजीनामा दिइसकेका छन् । बढुवाका लागि कर्मचारीले छिमेकी मुलुक भारतबाट अध्ययन गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएको छ।

भारतबाट अध्ययन  गरिएका भनिएका  नक्कली शैक्षिक प्रमाणपत्रको त्रिभुवन विश्वविद्यालयबाट 'इक्वुभ्यालेन्टस' नगरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ३० बजे