नबिल बैंकले वाणिज्य बैंकहरु मध्ये उच्च लाभांश दिने

काठमाडौं । नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ ।

आज आइतबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांशमध्ये हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

नबिलले प्रस्ताव गरेको लाभांश आर्थिक वर्ष २०७८/७९ कै  उच्च हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : २७ बजे