दलित गाउँका पहिलो शिक्षक

नेपालमा ‘हनिट्रयाप’ बढ्दै : बलात्कारको मुद्दा हाल्ने भन्दै करोडौं बार्गेनिङ

बुटवल – दाङ तुलसीपुरका एक व्यापारीसँग यौन सम्बन्धको प्रस्ताव गरी ठूलो रकम वार्गेनिङ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना महिला र एक जना पुरुष रहेका छन्। 

गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर ६ दशरथ टोल बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर उपमहानगरपालिका १८ की ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

उनीहरुलाई घोराही १६ मा रहेको कबिला रिसोर्टबाट पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिनुभयो ।

बलात्कारको मुद्दा हाल्ने भन्दै उनीहरुले पीडित व्यवसायीसँग करोडौं रुपैयाको बार्गेनिङ गर्ने गरेका थिए।

‘मोबाइलका म्यासेज र कल रेकर्ड हेर्दा करोडबाट बार्गेनिङ सुरु हुन्छ’ डीएसपी गौतमले भन्नुभयो ‘पीडितले आएर उजुरी गर्नुभयो। उजुरीपछि रिसोर्टमा बार्गेनिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएका हौं।’ 

पछिल्लो समय पुरुषसँग सम्बन्ध बढाउने अनि सम्बन्धलाई हतियार बनाएर पैसाको ठूलो बार्गेनिङ गर्ने प्रचलन बढेको छ। तर थोरै मात्र प्रहरीमा उजुरी पर्ने गरेको छ। कतिपय पर्याप्त प्रमाण नहुँदा र आफ्नो बेइज्जत हुने डरले प्रहरीकोमा जाँदैनन्।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  २ : ५८ बजे