सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल : पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहास्थित अल थुमा रङ्गशालामा शनिवार राति भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । 

मोरक्को सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेका छन् । 

मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो । अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए । 

मोरक्कोले सेमिफाइनल फ्रान्ससँग खेल्नेछ । 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : २८ बजे