सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल : इङ्गल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश 

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा  इङ्गल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्यान्डलाई २(१ गोल अन्तरले पराजित गर्‍यो । 

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।

फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : १९ बजे