सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल : नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । 

कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको ३५औँ मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औँ र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो । 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ३९ बजे