चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।

इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा हुनुहुन्छ । 

सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले जबरामाथि महाअभियोग निष्क्रियविरुद्ध रिट दर्ता गर्नुभएको थियो । 

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा पर्नुभएको थियो। तर संघीय संसदका महासचिव भरतराज गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिनुभएको थियो । 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ११ : ४८ बजे